माप्य दुधकोशीकाको प्रशासनिय भवन उद्घाटन सम्पन्न

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकै ३ नम्बर वडा खास्तावको चेख्याममा निर्मित भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले प्रदेश नं. १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीद्वारा गरिएको हो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अनुसार एक करोड २० लाखको लागतमा १३ कोठे भवनको निर्माण सम्पन्न भएको छ । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका लागि जग्गा उपलब्ध गराउने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष राईले भने– पालिकाको आफ्नै भवन उद्घाटन भएसँगै विगतको दिनमा जस्तो साँगुरो कोठामा कोचिएर सेवा प्रदान गर्नुपर्ने बाध्यताको अन्त्य भएको र माप्य दुधकोशीकाको विकासमा सबै जनप्रतिनिधिहरु सन्तुष्ट रहेको समेत बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले भने – “भवन उद्घाटन भएसँगै माप्य दुधकोशीका आम नागरिकहरुको सेवामा सहजताका लागि अब गुणस्तरिय सेवामा आफुहरु केन्द्रित हुनेछौं ।

उद्घाटन सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मानवीर राई, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य गौरब राई, गाउँपालिका प्रवक्ता तेज बहादुर मगर, ६ नं. वडाध्यक्ष दिनेश कुमार राई, ७ नं. वडाध्यक्षसगुजित राई, ३ नं. वडाध्यक्ष नारायणकाजी कार्की, ५ नं. कावा वडाध्यक्ष जसबहादुर राई, जनप्रतिनिधि, बुद्धिजिविहरुको लागयत स्थानीय बासिन्दाहरुको वृहत उपस्तिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार