नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन शनिबार काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यामा आयोजीत सम्मेलनले मन्चको नयाँ कमिटी गठन गरेको छ । गठित कमिटिमा अध्यक्षमा नन्दराज बास्तोला, महिला उपाध्यक्षमा रमिला के.सी. र उपाध्यक्षमा केशर श्रेष्ठ, सचिवमा दावा तामाङ, सह–सचिव महिलामा सृष्टि कुलुङ र प्रवीन कार्की तथा कोषाध्यक्षमा गेल्जेन शेर्पा सर्वसमत निर्वाचित भएका छन् ।
सदस्यहरुमा सोलुदुधकुण्ड नगरपालिकाबाट राजकुमार श्रेष्ठ, कुमारी बस्नेत, तिलक बहादुर खड्का, पसी शेर्पा, दिपेश श्रेष्ठ तथा नेचासल्यानबाट ज्योतिप्रसाद शर्मा, नन्दकुमार किराँती, रमेश निरौला, हरी आचार्य र पुनम ढुंगेल रहेका छन् ।
यसैगरी माप्यदुधकोशी गाउँपालिकाबाट तिलक खालिङ, ओम घिमिरे, टेकबहादुर खालिङ, प्रेम रेग्मी मगर, सोताङ गाउँपालिकाबाट सीता कार्की खत्री, झनक बहादुर कार्की, खम्ब बहादुर खत्री र महाकुलुङ गाउँपालिकाबाट तारादेवी राई, दिकु शेर्पा, जितेन्द्र कुलुङ राई, खड्ग नारायण राई निवार्चित भएका छन् ।
त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाबाट पुष्पा राई, गणेश नेपाली, रामकाजी तामाङ, बिरुमान राई, पुर्ण सुनुवार, गार्डेन राई, बद्री मगर, लिखुपिके गाउँपालिकाबाट डम्बर बहादुर कार्की, पर्शुराम बस्नेत, खुम्बु पासाङल्हामू गाउँपालिकाबाट छेपाल दोर्जी शेर्पा, पेम्बादोर्जी शेर्पा, याङ्जी शेर्पा पनि सदस्यमा निर्बाचित भएका छन्।
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा (एमाले)का केन्द्रीय सदस्य मानबीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, १ नं. प्रदेश संगठन कमिटीका सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, प्रदेश १ संगठन कमिटी सदस्य महेश किराँती, कुमार राई, जिल्ला सदस्य पञ्चे राई, किताप तामाङ, आङ्बाबु राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।