रे टेलिभिजन र सेभेन समिट फर फिफा वर्ल्ड कपबीच अभियान सम्झौता

सेभेन समिट फर फिफा वर्ल्ड कप अभियान र रे टेलिभिजनबीच सहकार्य गर्ने सम्झौता भएको छ । फिफा वर्ल्ड कपको ट्रफी र २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डा लिएर सात महादेशका सातवटा अग्ला शिखर चुमाउन लाग्नु भएका नर्विन राना मगरको अभियानसँग रे मिडिया ग्रुपले मिडिया पार्टनरको रुपमा सम्झौता गरेको हो ।

रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेल र आरोही अभियानकर्ता नर्विन राना मगरबीच सम्झौता भएको हो । सम्झौता अनुसार अभियानभरी रे टेलिभिजनले शिखर आरोहण लगायतका गतिविधिहरुको समाचार कभरेज गर्ने छ । साथै, उक्त अभियान सफल पार्न साझेदार मिडियाको तर्फबाट आवश्यक प्रवद्र्धनको कार्यक्रम समेत गर्ने छ । रे मिडिया ग्रुपले रे टेलिभिजन एचडी र रे न्युजडेली डट कम सञ्चालन गर्दै आएको छ ।

आरोहणदलमा अभियानकर्ता नर्विन मगर सहित कुमारी ज्ञानमाला रनपाल, एक भारतिय नागरिक साथै एस्पिडिसन टिम लिडर आङदावा शेर्पा, अन्तरराष्ट्रिय माउन्टेन गाईड नर बहादुर अस्थानी मगर, ज्ञान बहादुर तामाङ, विक्रम कार्की, राकेश राना मगर, दिपक महत र मिलन थापा मगर आरोहण टिममा रहनु भएको छ ।

नेपाली खेलकुद र पर्यटनलाई विश्व सामु अझै परिचित गराउने र विश्व जलवायु परिवर्तनका कारण हिमाल पग्लदै गएकोमा यसलाई रोक्नका लागि सन्देश दिने अभियानको मुख्य लक्ष्य रहेको छ ।

यस अभियानले विश्व सामु नेपाली खेलकुद र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने र नेपालीको गौरव बढाउने हुदाँ सम्पुर्ण व्यक्ति, व्यापार, व्यवसायिक कम्पनी, विभिन्न संघसंस्था तथा निकायहरुलाई अभियानका लागि आर्थिक, भौतिक र नैतिक सबैखाले सहयोग गर्नका लागि अभियान समितिका अध्यक्ष श्याम राना मगरले अपिल समेत गर्नु भएको छ ।अभियानको पहिलो आरोहणका लागि विश्वको सर्वोच्च शिखर सगरमाथातर्फ अरोहणदलका केहि सदस्यहरु आरोहणका लागि आवश्यक उपकरण तथा सामाग्रीहरु सहित गत हप्ता सगरमाथा आधारशिविर तर्फ लागि सकेका छन् ।

source: https://www.raynewsdaily.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार