कायघाट दुधकोशी मोटरेबल पुलको उद्घाटन कार्यक्रम सम्पन्न

माप्य दुधकोशी गाउँपालिकोस्थित दुधकोशी खोला माथि निर्माणाधिन कायघाट दुधकोशी मोटरेबल पुलको उद्घाटन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । उक्त पुलले थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. ८ रणेम र माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ र ७ वाकुबीचको आवात जावतलाई सहज बनाएको छ ।

उक्त निर्माण सम्पन्न पुलको उद्घाटन १ नं. प्रदेश सभा सदस्य माननीय श्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनिता माया मगरले संयुक्त रुपमा उद्घाटन गरेको उक्त पुलको क्षमता ३० टन रहेको छ भने पुल ३६।५७ मिटर लामो रहेको छ । लागत करिब साढे पाँच करोडमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गरेको पुलमा संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र बाँकी थप अपुग रकम माप्य दुुधकोशी गाउँपालिकाले व्यवस्था गरि सम्पन्न भएको हो ।

आवश्यक बजेट प्रदेश सरकारले निकासा गर्न ढिलाई गरेपनि निर्माण कम्पनीले पुल निर्माण सम्पन्नमा कन्जुस्याई नगरेको बताइएको छ । गाउँपालिकाका अनुसार कम्पनीले एक करोड ३७ लाखको हाराहारीमा भुक्तानी पाउनै बाँकी रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राजभण्डारीले भने – भष्ट्राचारलाई निरुत्साहित पार्दै आफ्नो निर्वाचन क्षेत्रको विकासमा कुनै कन्जुस्याँई गरिएको छैन । हिजो बजेटका कारण पुल बन्न ढिलाइ हुँदा आलोचना गर्ने पक्षलाई धन्यवाद दिदै पुल निर्माण सम्पन्न पछि जोडिएको सडक सञ्जालले वाकुका मात्र नभई छिमेकी आम नागरिकहरुलाई यातायातमा सहज भएको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति संयोजक वीर कुमार राईले भने – जनप्रतिनिधिहरुको काम अत्यन्तै प्रशंसनीय छ । कायाखेतको यो पुलले वाकुबासीका लागि विकासमा दीर्घकालिन टेवा पु¥याएको छ । त्यस्तै उद्घाटन कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भने – हामीले सर्वपक्षिय विकासमा ध्यान दिएका थियौ र दिदै आएको पनि हौ । हामीले कार्य सम्पादन गर्दै आउदा धेरै आरोप र प्रत्यारोप खेप्ने प¥यो । त्यसलाई पनि प्रवाह नगरिकन आज हामीले विकासका कार्यहरु यस्तै यस्तै सम्पन्न गर्दै आएको छौं । उनले नेकपा एमालेले देखेको एउटा सपना पुरा भएको दाबी गर्दै सगरमाथा माविमा आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ पढाइ शुरु हुने समेत बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले भने – विकासको नाममा खिसिट्यूरी गर्नेहरुलाई कायाखेतको माटरेबलले गतिलो जवाफ दिएको छ । उनले एमाले कुनाकन्दरामा रहेका जनताको आमसुविधाका लागि अग्रसर बनेको समेत दाबी गरे । त्यस्तै माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले पुलले वाकु क्षेत्रको विकासका सम्भावनाको ढोका खोलेको बताए । नेकपा एमालेका प्रदेश कमिटी सदस्य महेश किराँतीले जनप्रतिनिधिहरुले विकासको लागि खेलेको भूमिका कामले प्रष्ट पारेको बताए । वडाअध्यक्षहरु सगुजित राई र दिनेश राईले दुधकोशीमा निर्मित पुल संचालनलले वाकुवासीलाई यात्रा, सामाग्री ढुवानीका साथै स्थानीय उत्पादन बजारीकरणमा समेत टेवा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार