माप्यको आसन्न चुनावमा बाजी मार्दै पुनः बुद्धिकिरण राईको नेतृत्व सम्भावना प्रबल

वैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिकामा नयाँ नेतृत्व चयनमा चर्चा चुलिएको छ । चुलिएको चर्चासंगै अध्यक्ष पदमा पुनः बुद्धिकिरण राई दोहोरिने सम्भावना बढेको छ ।

आजसम्म पनि नेकपा (एमाले)ले माप्य दुधकोशी गाँउपालिकामा उम्मेदवारको टुङ्गो भने लगाएको छैन । गाँउपालिकाको प्रमुख पदको नेतृत्वका लागि पहिलोमा बुद्धिकिरण राई,  नेकपा (एमाले)का जिल्ला कमिटिका सचिव आशकुमार राई (शिशिर), गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर, जिल्ला कमिटि सदस्य पञ्चे राई, चन्द्रप्रसाद घिमिरे, पुर्व जिल्ला कमिटि सदस्य अर्जुन खालिङ लगायतको नाम चर्चामा रहेको हो ।

गत २०७४ सालको निर्वाचनमा सानदार जित हासिल गरेर गाँउपालिकाको नेतृत्व सम्हालेका बुद्धिकिरण राई भन्छन् –“स्थानीय तहको पहिलो कार्यकालको सिकाइ र अनुभव, अब चुनाव जितेर आउने र नीतिनिर्माताहरूका लागि मार्गदर्शन बन्नेछ ।” “काम कम भएको देखिनु स्वभाविक हो । जनताका माग र आवश्यकताअनुसार समावेशीताका आधारमा गरिएको काम फिल्डमा गएर हेर्ने हो भने उल्लेख्य भएको छ ।” यद्धपी नेतृत्वपंक्तिमा धेरै जनताहरुको चाहनामा उनैको चर्चा चुलिन थालेपछि आगामी गाँउपालिकाको नेतृत्वमा उनै दोहोरिने प्रबल सम्भावना रहेको छ ।

विद्यार्थीकालदेखि नै लगातार राजनीति क्षेत्रमा होमिएका उनी पछिल्लो समय शिक्षण पेशाको पृष्ठभूमीबाट राजनितिक क्षेत्रमा उदाएका हुन् । उनी आफ्नो सरल स्वभाव र नम्र व्यवहारका कारण आम जनता र पार्टी कार्यकर्ता माझ लोकप्रिय बन्दै आएका छन् । उनको प्रथम नेतृत्वको ५ वर्षे कार्यकालमा गाउँपालिकाका सबै क्षेत्र, बर्ग र समुदायलाई उनले समान ब्यबहार गरेकाले पनि उनि नै गाँउपालिका नेतृत्वको एकमात्र बिकल्प भएको आम स्थानीयबासीको बुझाई रहेको छ ।

माप्य दुधकोशी गाँउपालिकाको प्रमुख पदका छलफल भइरहँदा नेकपा (एमाले) सोलुखुम्बुले पनि बुद्धिकिरण राईलाई नै गाँउपालिकाको नेतृत्व सम्हाल्न दिने बुझिएको छ भने उनको लोकप्रियता र जनताबीचको सरल व्यवहार र निडर लिडरसिपताका कारण आसन्न निर्वाचनमा पनि उनलाई नै अघि सार्ने अधिकतम सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार