आसन्न बैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानिय निर्वाचनको लागी नेकपा (एमाले)ले माप्य दुधकोशी गाउँपालिकाको लागि अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेद्वार टुंगो लगाएको छ ।
यस अघि गाँउपालिकाको प्रमुख पदको नेतृत्वका लागि बुद्धिकिरण राई, नेकपा (एमाले) का जिल्ला कमिटिका सचिव आशकुमार राई (शिशिर), गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर, जिल्ला कमिटि सदस्य पञ्चे राई, चन्द्रप्रसाद घिमिरे, नारायणकाजी कार्की र पुर्व जिल्ला कमिटि सदस्य अर्जुन खालिङ लगायतको दाबी रहेको थियो ।
सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट पुनः अध्यक्ष पदमा बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता माया मगरले उमेद्वारी दोहोर्याउने भएका छन् । उक्त अध्यक्ष र उपाध्यक्षमा द्वयलाई पार्टीले चयन गरेको जिल्ला पार्टी अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिएका छन् ।
पुनः जिम्मेवारी सम्हाल्ने मौका पार्टीले दिएको बारे अध्यक्ष र उपाध्यक्षद्वयले २०७४ सालको निर्वाचनमा सानदार जित हासिल गरेर गाँउपालिकाको नेतृत्व सम्हालेको बारे भन्छन् –“स्थानीय तहको पहिलो कार्यकालको सिकाइ र अनुभव, अब चुनाव जितेर आउने र नीतिनिर्माताहरूका लागि मार्गदर्शन बन्नेछ ।” “काम कम भएको देखिनु स्वभाविक हो । जनताका माग र आवश्यकताअनुसार समावेशीताका आधारमा गरिएको काम फिल्डमा गएर हेर्ने हो भने उल्लेख्य भएको छ ।”
उम्मेद्वारी दर्ता गर्ने सन्भर्दमा शिखरसन्देशसँग द्वयले भने – “अघिल्लो कार्यकालमा बनेका भिभिन्न आधारहरू, पुर्वाधार हरुको सम्पन्नता, गरि बिकास र समृद्धिको दिशामा पालिका पुर्याउनु प्रतिबद्धता” सहित आसन्न वैशाख ३० को चुनावमा पुनः गाउँपालिकाको नेतृत्वमा दोहोरिएको बताएका छन् ।