धैर्यताको बाँध फुटेपछि एमाले नेतृ सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर राईद्धारा पार्टी परित्याग

नेकपा (एमाले)को प्रदेश कमिटी सदस्य तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले पार्टी परित्याग गर्नुभएको छ ।  पार्टी भित्रका खराब प्रवृत्ति, एकल निर्णय, हैकमवादी, सामन्तवादी सोचका कारण पार्टीभित्र बस्न नसक्ने भन्दै राईले एमाले परित्यागको घोषणा गर्नुभएको हो ।

१२ बर्षको उमेरमा अनेरास्ववीयूको प्रारम्भिक अध्यक्ष बनेर शुरु गरेको नेकपा एमालेको राजनीतिक यात्रा अन्त्य गरेको सामाजिक संञ्जाल मार्फत जानकारी दिनुभएको छ । २०७४ मा एमालेबाट सोलुदुधकुण्ड नगरपालिकाको उपमेयरमा निर्वाचित राईले जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सफलतापुर्वक विताएको दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार