एमालेबाट नेचासल्यानको उम्मेद्वारीमा डुफ कुमार

नेकपा (एमाले)बाट नेचासल्यान गाउँपालिका प्रमुखको उम्मेदवारमा डुफ कुमार बास्तोला अघि सरेका छन् । बास्तोलाले बाँकी काम पुरा गर्न पुनः उम्मेद्वारी दिएका छन् ।

मनोनयन दर्ताको क्रममा बास्तोलाले आफ्नो नेतृत्वमा ५ बर्षमा भएका कामलाई मुल्यांकन गरेर शुरु भएका कामलाई पुरा गर्न दोस्रो पटक मत दिन आग्रह गरे । हिजो जनतालाई केन्द्र भागमा राखेर काम गरेकाले भोलीका लागि मतदान गरेर एमालेका उम्मेदवारलाई जिताउन समेत आग्रह गरे ।

नेकपा (एमाले)ले नेचासल्यान अध्यक्षमा बास्तोला सहित उपाध्यक्षमा सृजना राई, वडा नं १ मा जसकुमार राई ‘छिरिङ’, वडा नं २ मा टेक बहादुर निरौला, वडा नं ३ मा धर्मध्वज खत्री, वडा नं ४ मा शुक्र किराँती र वडा नं ५ मा राजन कुमार राईलाई उम्मेदवार बनाएको छ । पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको २७ उम्मेदवारले एकैसाथ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार