भौगोलिक हिसाबले समावेशिताको आधारमा विकास गर्ने युवा नेता चन्द्र

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको प्रमुख नेतृत्वमा सत्तरुण गठबन्धनको तर्फबाट काँकु समावेशी विकास समिति काठमाडौंको अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता चन्द्र बहादुर राईको उम्मेदवारी परेको छ।

राई लामो समय देखि युवा समाजसेवीको रुपमा रहेर सामाजिक काम मात्र व्यस्त रहेनन्, पार्टीमा पनि उतिकै दखलतापुर्वक सक्रिय थिए । व्यवसायसंगै राजनीतिमा सक्रिय राईलाई नेपाली काँग्रेसले गठबन्धनको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ।

सहजतामा सरल स्वभाव, सहयोगी र मिजासिलो स्वभावका राई पालिकाको उम्मेदवार बनेपछि युवा कार्यकर्ताहरुमा खुसियाली छाएको छ। कसैको चित्त नदुखाउने साधारणपन भएका राईलाई नै उम्मेदवार बनाउदा जित्ने अवस्था अत्याधिक भएपछि पार्टिले उम्मेदवार बनाएको हो । नयाँ नेतृत्वको खोजी हुदै गर्दा युवा नेताको उम्मेदवारी पालिकामा परेपछि बिपक्षी दललाई असहज परिस्थिति बनेको छ ।

शिखरपोष्टसँग राईले भने “जनताको सेवा सुविधा, जनताले न्युनतम आधारभूत आवश्यकताका सुविधाहरु नपाईराखेको यो बेला जनताको जनजीविकोसँग सम्बद्ध आवश्यकतालाई परिपुर्तिका लागि मेरो उम्मेद्वारी हो । त्यस्तै सडक, कृषि, पशुपालन, शिक्षा, स्वरोजगार, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रहरुमा भौगोलिक हिसाबले समावेशिताको आधारमा विकास गर्नेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार