सरकारी सेवा सुविधा मलाई चाहिएको हैन, आम जनताको सुविधा चाहेको हो ।

असंवेदनशील नेतृत्वलाई पन्छाएर सही नेतृत्वको खोजी गर्नु आम नागरिकको नैसर्गिक अधिकार हो ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको प्रमुख नेतृत्वमा सत्तरुण गठबन्धनको तर्फबाट काँकु समावेशी विकास समिति काठमाडौंको अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता चन्द्र बहादुर राईको उम्मेदवारी परेको छ। जिम्मेवारीसँगै आफुले पाएको सरकारी सेवा सुविधा सबै सामाजिक सेवामा लगानी गर्ने बताएका छन् ।

अध्यक्ष पदका उम्मेद्वारी राई लामो समय देखि युवा समाजसेवीको रुपमा रहेर सामाजिक काम व्यप्त रहे । राई किरात खालिङ राई उत्थान संघ, केन्द्रीय कार्यसमितिको २ कार्यकाल सदस्य रहँदै १ कार्यकाल सचिव पदमा रही सामाजिक काममा अनुभव लिदै आएका छन् । यति मात्र होइन राई कुनै पनि धार्मिक, साँस्कृतिक र वैचारिक हिसाबले अरु नेता भन्दा पृथक नेता हुन भन्दा फरक नपर्ने बताए । यसै सन्दर्भमा उनी हरके जाती, धर्मलाई समावेशिताको रुपमा हेर्दै आएको काँकु समावेशी विकास समितिका अध्यक्ष पदमा २ कार्यकाल रहँदै आएको नेता समेत हुन् । राई नेपाली काँग्रेस पार्टीका सक्रिय कार्यकर्ता समेत दृष्टित भएको व्यक्ति हुन् ।

सहजतामा सरल स्वभाव, सहयोगी र मिजासिलो स्वभावका राई पालिकाको उम्मेदवार बनेपछि युवा कार्यकर्ताहरुमा खुसियाली छाएको छ। कसैको चित्त नदुखाउने साधारणपन भएका राईलाई नै उम्मेदवार बनाउदा जित्ने अवस्था अत्याधिक भएपछि पार्टिले उम्मेदवार बनाएको हो । नयाँ नेतृत्वको खोजी हुदै गर्दा युवा नेताको उम्मेदवारी पालिकामा परेपछि बिपक्षी दललाई असहज परिस्थिति बनेको छ ।

शिखरसन्देश सँग राईले भने “जनताको सेवा सुविधा, जनताले न्युनतम आधारभूत आवश्यकताका सुविधाहरु नपाईराखेको यो बेला जनताको जनजीविकोसँग सम्बद्ध आवश्यकतालाई परिपुर्तिका लागि मेरो उम्मेद्वारी हो । त्यस्तै सडक, कृषि, पशुपालन, शिक्षा, स्वरोजगार, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रहरुमा भौगोलिक हिसाबले समावेशिताको आधारमा विकास गर्नेछु ।

अध्यक्ष पदका उम्मेद्वारी दिएका राईले भने -” माप्य दुधकोशी गाउँपालिकाको गठबन्धनका उम्मेद्बार प्रमुख चन्द्र बहादुर राई र उप-प्रमुख गौरव राई लगायत गठबन्धनका सातै वडाका उम्मेद्बारलाई अत्याधिक मतले बिजयी गराउन आम पालिकाबासी जनसमुदायहरुको इच्छा र चाहना रहेको” समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार