म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ, विकास र समृद्धिका लागि इमान्दार र निष्ठा उम्मेदवार माप्य गाउँपालिका अध्यक्ष बुद्धिकिरण

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा माप्य दुधकोशी गाउँपालिकाको नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिकिरण राई यति बेला चर्चामा रहेका छन् ।

राईको उम्मेदवारी दर्तासँगै चर्चा चुलिएको हो । माप्य दुधकोशी गाउँपालिकामा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरदैलोमा कार्यक्रममा हिंडिरहेका छन् ।

आम जनताको समस्या नजिकबाट बुझेका राईले समस्याको समाधान गर्ने सक्ने क्षमता भएको कारणले नै उनी माप्य गाउँपालिकाको आशाको केन्द्र बनेका हुन् । माप्य दुधकोशी गाउँपालिकाको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्ने प्रतिबद्ध रहेको राईले बताएका छन् ।

राई जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफू सधैं लाग्ने स्पष्ट पार्दै, आफूले बाँचा गरेका कुरा पुरा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । घरदैलो अभियानकै क्रममा राईले भने – “बोलेर होइन, काम गरेर देखाउँछु” त्यसका लागि उनले पुनः एकचोटी मौका दिन मतदातालाई आग्रह गरेका छन् ।

उनले आफूले गर्ने कामलाई समावेशिताको आधारमा र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर पालिका बनाउने अठोट राखेका राईले साँस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाई, वृक्षारोपण तथा उपयुक्त ठाउँहरुमा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षाका लागि स्थानीय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने बताएका छन् ।

राईले आफु निर्वाचित भईसके पछि तपशिलका सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यन्वयन गर्ने बताएका छन् –

  • पालिकालाई साँस्कृतिक र मौलिक रुपमा परिचित गराउने,
  • सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने,
  • साँस्कृतिक पर्यटनको विकासलाई प्राथामिकताका दिने,
  • सुशासनको प्रत्याभूति दिलाउने,
  • पारदर्शीता, कानुनको पालना, समावेशीकरण, स्रोत र साधानको सदुपयोग, उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मसात गरी कार्य गर्ने,
  • सूचनाको हक नागरिकको मौलिक अधिकार भएकोले सूचनाको हक स्थापित गराउने,
  • पालिकाको सबै गतिविधिमा सूचनाको पहुँच पुर्याउने,
  • जेष्ठ नागरिक, युवा र बालबालिका लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने
  • बेरोजगारलाई उन्मुलन गरी स्वरोजगारको विकास गर्ने |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार