माप्य दुधकोशीले पायो होनाहार युवा नेतृत्व

वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनबाट सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको उम्मेद्वार चयन सम्पन्न भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिकिरण राई काँग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित बनेका छन् ।

निर्वाचित राईले ३,३४३ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार चन्द्र बहादुर राईले २९८५ मत प्राप्त गरेका छन् । यसर्थ राईले प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारलाई उछिन्दै दोस्रो कार्यकालका लागि आफ्नो पद सुरक्षित गर्न सफल भएका छन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राई निर्वाचित भएका छन् । राईले ३,०७७ मत ल्याई निकटतम प्रतिद्वन्दी नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार जुनिता माया मगरलाई उछिन्दै उपाध्यक्ष पद सुरक्षित गर्न सफल भएका छन् । निकटतम प्रतिद्वन्दी मगरले ३,०४९ मत प्राप्त गरेका छन् ।

सम्पन्न निर्वाचनमा ७ वडा रहेको माप्य दुधकोशी गाउँपालिकामा वडा नं. १ र ४ माओवादी केन्द्र, २,३ र ७ नेकपा एमाले, ५ र ६ मा नेपाली काँग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार