टेक बहादुर गरे, कञ्चनजंगाको दोस्रो पटक सफल आरोहण

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–२ जन्मिएका आरोही टेक बहादुर राईले कञ्चनजंगाको पुनः दोस्रो पटक सफल आरोहण गरेका छन् ।

आरोही राईले नेपाली समय विहान ५ः२५ बजे ८५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेका हुन् । उनले यस अघि पनि २०६७/०२/०१ मा पहिलो पटक बिश्वको तेस्रो उच्च हिमाल ८५८६ मिटर अग्लो कञ्चनजंघाको सफल आरोहण गरेका थिए । कञ्चनजंगा मात्र होइन उनले २०७८-०२-१७ गते तदनुसार 31, May 2021 मा आफुसहितको टोलीले बिहान (05:20-08:45 )  बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भइसकेका छन् ।

आरोही राई पेशाले ट्रेकिङ व्यवसायी हुन् उनी सफल युवा पर्यटन व्यवासायी एवम् समाजसेवी हुन् । ट्रेकिङको बेला विदेशीहरुसँग आधा दर्जन बढी हिमश्रुंखालाहरुको सफल आरोहण गरिसकेका बताउछन् । आरोहीले विश्वव्यापी फैलिएको कोरोना महामारीकाको कारण ठप्प रहेको पर्यटन क्षेत्रलाई आर्कषक गन्तव्यका रुपमा खुल्यो भन्ने ठूलो सन्देश प्रवाह हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार