धरानबासीहरुको साहरा हर्क सम्पाङ बने धरानको मेयर

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन् ।

साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । निर्वाचित राईले २० हजार ८२१ मत पाउँदा किशोरले १६ हजार ५९ मत पाए । साम्पाङले सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षीय राईले यसपटक लौरो चुनाव चिह्नमा मेयर जितेका हुन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । उने २० हजार ५१० मत पाउँदा नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार