फिफा वल्र्ड कपको ट्रफिसहित युवा आरोही मगरले २११ राष्ट्रका झण्डा सगरमाथामा फहराए

विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्त नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराएका छन् । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताएका छन् ।

नेपाली पर्यटनको प्रचार–प्रसारका साथै विश्वको सबैभन्दा ठुलो खेल विश्वकप फुटबलको अझै उचाई दिने अभियानको मुख्य उद्देश्य रहेको मगरले बताए । मगरले सगरमाथा मात्र नभएर सातै महादेशका सातवटा अग्ला शिखरमा २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डासहित मगरले नेपाली समय २०७९/०२/१३ गते बिहान ८ः३० बजे सर्वोच्व शिखर सगरमाथाको चुचुरोमा दोस्रो पटक पाइला टेक्न सफल भएका छन् । उनले नेपाल र नेपालीको मात्र नभएर विश्वकै गरिमा उँचो बनाएका छन् ।

विश्व जलवायु परिवर्तनका कारण हिमाल पग्लदै गएको छ । यसलाई रोक्नका लागि सन्देश दिनका साथै नेपाली खेलकुद र पर्यटनलाई विश्व सामु अझै परिचित गराउने अभियानमा अभियान्त नर्विन मगर सफल भएका छन् । आरोही मगर लगायतको आरोही टोलीलाई नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा नेपाल मगर संघका केन्द्रिय सांस्कृतिक उपाध्यक्ष कबिराज मगरको संयोजकत्वमा साँस्कृतिक झाँकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रुपमा स्वागत गरिएको थियो ।

यो अभियानको पहिलो श्रृंखला अत्यन्तै जोखिम तर महत्वपुर्ण रहेकोले सबैको सहयोगले गर्दा सफलभएको बताएका मगरले सातै महादेशका सातवटा अग्ला शिखर मध्ये ६ वटाको आरोहण यात्राको तैयारीमा तुरुन्तै लाग्ने बताएका छन् । यस अभियानले विश्व सामु नेपाली खेलकुद र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने र नेपालीको गौरव बढाउने हुदाँ सम्पुर्ण व्यक्ति, व्यापार, व्यवसायिक कम्पनी, विभिन्न संघसंस्था तथा निकायहरुलाई अभियानका लागि आर्थिक, भौतिक र नैतिक सबैखाले सहयोग गरिदिने समेत अपिल गरको छन् ।

Foto: narbin magar

https://www.facebook.com/100006652712176/videos/pcb.3258332354398490/699982921224170

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार