१७ सदस्यीय नेकपा (एमाले) माप्य–काठमाडौं सम्पर्क कमिटी गठन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माप्य–काठमाडौं सम्पर्क कमिटिको पुनः भेलाले १७ सदस्यीय नयाँ माप्य–काठमाडौं सम्पर्क कमिटी गठन गरेको छ ।

नेकपा (एमाले) केन्द्रीय कमिटिको सदस्य तथा सोलुखुम्बु इन्चार्ज क. मानवीर राईको प्रमुख आतिथ्यतामा काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न एक आयोजित भेलामा १७ सदस्यीय गठन गरेको छ।

उक्त सम्पन्न कार्यक्रममा भुगोलको हिसाबले सातै वडालाई समेटेर बनाइएको कमिटिमा वडा नं. ५ बाट पुर्व सचिव तिलक राईलई अध्यक्षमा सर्वसहमत चयन गरिएको छ भने उक्त अध्यक्ष राईको नेतृत्वमा उपाध्यक्ष वडा नं. १ बाट खासमाया राई, वडा नं. २ बाट टेक बहादुर राई, वडा न.ं २ बाट सचिव दिनेश राई, वडा नं. ४ बाट सहसचिव त्रिनाथ र, ३ बाट बुद्धिराज राई, कोषाध्यक्ष वडा नं. ६ बाट ओमराज घिमिरे, सदस्यहरु वडा नं. ५ बाट प्रोण कुमार राई, वडा नं. १ बाट मिङ्मा छिरी शेर्पा, वडा नं. २ बाट तुला थापा मगर, वडा नं. ४ बाट नौबहादुर रसाइली, वडा नं. ३ बाट राजेश घतानी, वडा नं. ४ बाट सीता राई सर्वसहमत निर्वाचित भएको छन् ।

उक्त समितिका अध्यक्ष तिलक राईको अध्यक्षतामा गठिट कमिटिले पार्टी सक्रियताका लागि सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, संगठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफलका लागि शीषर््ा नेताहरुसँग आवश्यकतानुसारको जिम्मेवारीबारे छलफल गरिएको अध्यक्ष राईले बताएका छन् ।

केन्द्रीय सदस्य मानवीर राईले आगामी दिनमा कमिटिलाई कसरी सशक्त बनाएर लैजाने, कमिटिले समन्वय गुर्नुपर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गरेका छन् ।

परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलाको समिक्षात्मक सुझाव रहेको समेत अध्यक्ष राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार