नेकपा (एमाले)को एउटा धरोहर ढले ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको निधन भएको छ ।

आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर ढुंगेलको निधन भएको हो । दशै मनाउन परिवारहरु बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै रहेको थिए । लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित रहेका थिए । नेकपाको एकता भंग हुँदा ढुंगेल माओवादीमा नगएर एमालेमा नै रहेको थिए ।

ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएको थियो भने उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो । सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उहाँले २०७४ सालमा आम माफी पाएका थिए ।

Photo: Google.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार