नेकपा (एमाले) सोलुखुम्बुले आगामी मंसिर ४ गते सम्पन्न हुन गइहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ ।
निर्बाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन प्रयोजनका निम्ति असोज २३ गतेका लागि उम्मेदवारी दर्ताको कार्यसूची भए अनुसार एमालेले उम्मेदवारहरु छनौट गरी आज दर्ता गरेको छ । एउटा मात्र निर्बाचन क्षेत्र रहेको सोलुखुम्बुमा संघीय संसद प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेद्वार मानबीर राई तथा प्रदेशसभाका लागि (क) का लागि उत्तमकुमार बस्नेत र (ख) का लागि बुद्धिकुमार राजभण्डारी उम्मेदवार भएको छन् ।
नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएको तिनै जना नेता सोलुखुम्बुमा अत्यन्तै जनप्रीय मानिन्छन् । प्रतिनिधिसभा सदस्य राई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् । संयमतापूर्बक सूझबुझपूर्ण निर्णय गर्ने प्रभावशाली इमान्दार नेताका रुपमा जिल्लामा परिचित राई भन्छन् – “हामी जनताको ताजा जनमतका साथ उत्साहपुर्ण रुपमा सोलुखुम्बु जिल्लालाई समृद्ध बनाउन अभियानमा छौ । हामी कुनै पनि दलका उम्मेद्वारहरुसँग दुष्मनीपुर्ण व्यवहार नगरी निर्वाचन स्वतन्त्रता र मित्रतापुर्ण ढंगबाट प्रतिस्पर्धा गर्नेछौं ।”
बस्नेत र राजभण्डारी अघिल्लो निर्बाचनमा पनि प्रदेशसभा सदस्यमा निर्बाचित भइ सकेका नेता हुन् । अघिल्लो निर्बाचनमा सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘क’ बाट निर्बाचित बस्नेत १ नं. प्रदेश सरकारको राज्यमन्त्री समेत भए भने ‘ख’ बाट निर्बाचित राजभण्डारीले नेकपा (एमाले) १ नं. प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गरेका थिए ।
पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्बाह गरेका इमान्दार र जिल्लाको बिकासका लागि निरन्तर क्रियाशील नेताहरुलाई पार्टीले उम्मेदवार पाएपछि एमाले कार्यकर्ताहरु उत्साहित देखिएका पार्टी जिल्ला कमिटी सचिव आश कुमार राई (शिशिर)ले जानकारी दिए ।