सोलुखुम्बु जिल्लाको महाकुलुङ -४ गुदेल स्थित श्री गुदेल माबी ले ६० औं बर्ष पार गरेको उपलक्ष्यमा हीरक महोत्सब सुरु गरेको छ।
आज सरस्वती पुजाको बिशेष अवसरमा उद्घाटन समारोह सम्पन्न गरेको छ । हप्तादिनसम्म बिबिध कार्यक्रममा साथ चल्ने महोत्सवको आज पहिलो दिन हो ।
प्रतिनिधिसभा सदस्य माननीय मानबिर राईको प्रमुख आतिथ्यमा सम्पन्न समुद्घाटन समारोहमा प्रदेश न: १ का सामाजिक बिकास मन्त्री बुद्दिकुमार राजभण्डारीको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, प्रदेश १ का सांसद गोम्बु शेर्पा ´कर्ज्याङ` विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, संघ-संस्थाका प्रतिनिधिहरु लगायतको विशेष सहभागीता रहेको थियो ।
प्रमुख अतिथिबाट दिप जलन, ब्यानर सार्वजनिक गरि सुरु भएको कार्यक्रममा गुदेल माबी गानको बिमोचन गरिएको थियो त्यसैगरी हीरक स्मारिका को पनि बिमोचन गरिएको थियो।
अब भोलि देखि एकल ट्र्याक गायन प्रतियोगिता, विद्यालय स्तरिय एकल तथा सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
पाँच दिन सम्म निरन्तर चल्ने कार्यक्रम को अन्तिम दिन माघ १६ गते बृहत् साङ्गितिक प्रस्तुति रहनेछ। यसका लागि चर्चित राष्ट्रिय कलाकारहरु शम्भु राई, सुनिता थेगिम, लिला राई, राजेन्द्र केरुङ, अजय अलङ्कार, नृत्याङ्गना तथा कोरियोग्राफर मनिता कुलुङ, बिनिता कुलुङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।