काठमाडौंमा अध्यक्ष, बुद्धिकिरण राई सम्मानित

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईलाई काठमाडौंको सुकेधारास्थित नवदुर्ग पार्टी प्यालेसमा सम्पन्न किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति काठमाडौंले सम्मान गरेको छ ।

किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समिति काठमाडौले दोश्रो जिल्ला अधिवेशनको अवसरमा अध्यक्ष राईलाई सम्मान गरेको हो । अध्यक्ष, राई स्थानीय निर्वाचन–२०७९ बाट कुशल जनप्रतिनिधिको रुपमा माप्य दुधकोशी गाउँपालिकाको दोस्रो पटक गाउँपालिका अध्यक्ष पदमा जननिर्वाचित भएका हुन् ।

विशिष्ट अतिथिको रुपमा उपस्थित भएको अध्यक्ष राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने – “माप्य दुधकोशी गाउँपालिकामा पर्यटन बिकासको राम्रो सम्भावना रहेकोले यसका लागि योजनाबद्द बिकासमा जुट्नुपर्ने बताए । त्यसै गरी सोलुखुम्बु सदुरमुकामब सल्लेरीबाट सगरमाथाको प्रवेशद्वार जुभिङसम्म दुई लेनको सडक निकट भविष्यमै कालो पत्रे हुने समेत बताएका छन् । ”

किरात खालिङ राई उत्थान सघ, केन्द्रीय अध्यक्ष सिताकुमारी खालिङको प्रमुख अतिथिमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनमा खालिङ समुदायबाट पहिलो संघिय संसद मानवीर खालिङ, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण खालिङ, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब खालिङलाई ताम्रपत्रद्वारा सम्मान गरिएको छ ।

सुकेधारास्थित नवदुर्ग पार्टी प्यालेसमा सम्पन्न जिल्ला सम्मेलनले अध्यक्षमा विष्णु खालिङ, उपाध्यक्षमा जङ्गबहादुर खालिङ, सचिबमा भुपाल खालिङ, सह–सचिवमा पशुपती खालिङ , कोषाध्यक्षमा किरण खालिङ, सह–कोषाध्यक्षमा टेकचन्द्र खालिङ, सदस्यहरु रासबरी खालिङ, पुर्ण खालि चयन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार