यातयात व्यवसायीहरुले ठप्प पारेको जिप सेवा सुचारु हुने

सोलुखुम्बु–काठमाडौं जिप सेवा ठप्प भएको आज सोमबारबाट नियमित रुपमा सुचारु हुने भएको छ ।

यस अघि जिपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले आइतबारबाट ठप्प पारेको लामो दुरीको जिप सेवा सुचारु गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी नायब उपरीक्षक (डिएसपी), ट्राफिक प्रहरी इन्चार्जसहित यातायात व्यवसायी संघको उपस्थितिमा भएको छलफलमा अर्को निर्णय नभए सम्मका लागि हालको हुट नहटाउने सहमति भएको छ । भने हुट नहटाए पनि व्यवसायिक सामाग्री बाहेकका यात्रुका हल्का खालका सामानहरु मात्रै लगाउनु पर्ने बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार