जहाँपनि दिन पछि रात र रात पछि दिन तथा उज्यालो पछि अँध्यारो र अँध्यारो पछि उज्यालो हुन्छ । जुनसुकै पक्षको पनि गुण र अवगुण भई नै हाल्छ । यो प्राकृतिक नियम नै हो । यसै सन्दर्भमा एउटा पक्ष यस थाक भलिवल तथा साँस्कृतिक संघलाई विघटन गर्नुपर्दछ । यसबाट उपलब्धि केह् िभएन भन्ने छ भने अर्को पक्ष कम्तिमापनि वर्षको एकचोटि भएपनि मुस्ताङ जिल्लाभरका जनतालाई जोडिने एउटा पुलको काम गरेछ, यो त एउटा स्थानीयपर्व जस्तै हो । फुर्सद भए मुस्ताङ बाहिरकाहरु आएर पनि सहभागि जनाउन सकिन्छ । पहिला जस्तो हैन, काठमाण्डौ पोखराबाट बिहान गाडी चढेमा बेलुका आईपुगी हाल्छ । त्यसैले यसलाई विघटन गर्नुहुँदैन । मेरो विचारमा पनि यसलाई निरन्तरता दिनुपर्दछ । धेरै शुभचिन्तकहरुले धेरै सहयोग गर्नुभएको छ । त्यसको लागिपनि यस संघलाई जोगाउन पर्दछ भन्ने मेरो पनि मान्यता छ ।
जहाँ सम्म यस संघबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा खेलाडिहरु उत्पन्न भएन भन्ने छ । त्यो त खेलाडी स्वयम्ले पनि पहल गर्नु पर्दछ । यो संघ त माध्यम मात्र हो । वि.सं. २०४८ सालमा म मिलिजुली युव। क्लव मार्फाको सचिव हुँदा क्लवको सदस्य बुद्धिमान ज्वारचन र सकुन्तलाल हिराचनलाई हाम्रो क्लव र जिल्ला खेलकुद वकास समितिको सिफारिसमा तत्कालिन धौलागिरी अञ्चलबाट छनौट भई महेन्द्रनगरमा गई राष्ट्रिय भलिवल टिममा प्रतिष्पर्धा गरेकै हो । त्यसलाई निरन्तरता दिन नसक्नु त उहाँहरुको कमजोरी हो । हामीकहाँ स्वर्ण जयन्ती सहित जिल्ला स्तारिय भलिबल लगायत अन्य प्रतियोगिता सञ्चालन गर्दै गर्दा कतारमा अरब राष्ट्रहरुको प्रतिनिधित्व गर्दै पहिलो पल्ट वल्र्ड कप आयोजना हुँदैछ ।
हामीले बच्चामा सुनेका थियौँ, अरबमा त बालुवामात्र छ, अत्याधिक गर्मी हुन्छ, खजुरा मात्रहुन्छ, बोटबिरुवाहरु हुँदैन । अहिले हाम्रै नेपाली दाजुभाइहरु गएर अत्याधिक मेहेनत गरेर सारा ठाउँमा हराभरा बनार्इ सकेछ । हुँदाहुँदा अहिले हामीले भलिबल प्रतियोगिता गर्दैछौँ । उनीहरुले वल्र्ड कप फुटबल प्रतियोगिता गर्दैछ । गरेपछि हुने रहेछ नी, मान्छेले । अहिले उक्त प्रतियोगिता भौतिक रुपमा हेर्न मात्र करिब १५ लाखले टिकट काटिसकेका छन् । टि.भी., ईन्टरनेट र ब्राउजरबाट हेर्नेको सङ्ख्या ३० लाखभन्दा बढी हुने अनुमान गरिएको छ । उक्त प्रतियोगितामा भाग लिनको लागि ३२ वटा देशहरु योग्य भई छनौट भई सकेका छन् भने ६४ वटा म्याच हुने छ । उक्त प्रतियोगिताको लागि ८ वटा विभिन्न रङ्गशालाहरुमा खेल खेलाइने छ । वल्र्ड कपको लागि बनाइएको कतारको सबैभन्दा ठुलो रङ्गशाला (लुसेल स्टेडियम) ४ २२० बिलियन डलर लगानी गरेर बनाईएको छ । वल्र्ड कप भौतिक रुपमा हेर्न प्रति म्याच सस्तोमा४३५० देखि ४५००० डलरसम्म तिर्दा पनि मैले टिकट पाइएन भन्ने जनगुनासाहरु सामाजिक सञ्जालमा सुनिएका छन् ।
गाडि भाडा, प्लेनको भाडा, लजिङ फुडिङको हिसाबअलग्गै छ । त्यसैले हामीले पनि यो टुर्नामेन्टलाई समय सापेक्ष अलि परिमार्जन चाहिँ गर्नै पर्छ । आठ टिममा मात्रै सिमित नराखी कम्तीमा पनि जिल्लाभरीका टिमहरुमा बिस्तार गर्नु पर्ने देखिन्छ । पहिला जस्तो लोमान्थाङ जान ३÷४ दिनलाग्ने पनि होइन । बिहानगयो बेलुका पुगी हाल्छ । ठाउँठाउँमा स्तरीय होटलहरु प्।नि खुलेका छन् । कार्यव्रmम गर्नका लागि प्राय सबै ठाउँमा राम्रै हलहरु बनेका छन् । साथै एउटा खेल चाहि प्रदेश स्तरीय पनि राख्न सके राम्रो हुने थियो कि रु खेलका साथै मुस्ताङको विकासको लागि जलविद्युत, पर्यटन र कृषिमा लाग्नै पर्दछ । जलविद्युत्को त हामीलाई त्यती आइडिया पनि छैन । भएको खोलाहरु पनि सबै झोलामा हालि सकेको छन् भन्छन् । त्यसो हो भने त्यो चाहि ँबिस्तारै बन्दै गर्ला ।
कृषिको लागि चाहि ँकम्तिमा पनि स्थानीय सरकारले जे जति उत्पादन हुन्छ त्यो सबै किनिदिने ग्यारेन्टि गर्छ भने जोसुकै किसान पनि उत्साहित हुन्छन् खेती किसानको लागि । वडा स्तरमा सम्भव नभएपनि पालिका स्तरमाचाहिँ पालिकाले भएभरको कृषिउपज किनिदिनु पर्दछ र १० दिनभित्रमा किसानलाई उक्त सामानको पैसा पनि भुक्तानी गर्दिनुपर्दछ । पालिकाले बिग मार्ट, भाटभटेनी डिपार्टमेन्ट स्टोर, ब्लुबर्ड, सब्जि मन्डि जहाँ बेचे पनि त्यो भनेको पालिकाको काम हो । बिकेन भने सुकुटि बनाएपनि भयो, कोल्ड स्टोरेजमा राखेर पछि अफसिजनमा बेचे पनि भयो । स्थानीय सरकार भनेको जनताको सबभन्दा नजिकको सरकार भनेको नै जनताको अनुकुल नितिनियम बनाएर पारित गर्नु पर्यो र कार्यन्वयन गर्नु प¥यो । त्यसको लागि कुनै नियम र कानुनको संसोधन गर्नु प¥यो भने संसोधन गरे भइहाल्यो । अरुको त भन्न सकिँदैन । हाम्रै घरपझोङ गाउँपालिकाको हकमा भने स्वर्गीय आइत रामको घरको वरिपरि खाली जग्गामा (सरकारी जग्गामा) कृषि उपज संकलन केन्द्र बनाए भईहाल्छ । संकलन केन्द्र, सेवा केन्द्र भनेको त सबैलाई पाएक पर्ने ठाउँमा हुनुपर्दछ । त्यो भनेको ठिनी, ढुम्बा, जोमसोम, मार्फा, छैरो र चिमाङलाई पाएक पर्छ ।
जसरी अरब राष्ट्रहरुले प्रकृतिले दिएको पेट्रोलियम पदार्थ बेचेर सम्पन्न भएका छन् । त्यसरी नै हामीलाई पनि तेताङमा नुनखानी दिएको छ । त्यो नुनखानीलाई प्रशोधन गरेर नुन बेचेर सम्पन्न हुन सक्छौँ । जसको लागि सम्पूर्ण जिल्लाको जनप्रतिनिधिहरुको होस्टेमा हैँसे हुनुप¥यो । स्वरमा स्वर मिल्नुप¥यो । के सत्तापक्षरु के प्रतिपक्षरु जिल्लाको विकासको लागि सब एक हुनै पर्दछ ।
हामीले यहाँ काठमाडौँमा जनहितपूर्व विद्यार्थी संघ खोलेका छौँ । आफू जहाँ भएपनि आफूले पढेको स्कुलमा केहीभएपनि योगदान गर्न सकौँ भनेर । अस्तिभर्खर मात्र जनहित मा. वि. को कम्प्यूटर ल्याबलाई थोरै मात्रामा भएपनि आर्थिक सहयोग गरेका थियौँ । हाम्रो समूहमापनि थुप्रै थुप्रै ईन्जिनियरहरु छन् । उनीहरुलाई पनि परिचालन गर्न सकिन्छ । आफ्नो गाउँ ठाउँको लागि स्वयंसेवक गर्न सदा तम्तयार छन् । तेताङको नुनखानीलाई प्रशोधन गरेर खान योग्यबनाएर हामीले ब्राण्डिङ गरेर विदेशमा समेत निर्यात गर्न सक्छौँ । किन ? भारतबाट नुन ल्याएर खानुप¥यो ? किन? तेस्रो मुलुकबाट नुन ल्याएर खानुप¥यो ?
जबकि हाम्रै घर आँगनमा प्रशस्त मात्रामा नुन खाने छ भने । सम्पूर्ण राजनिति दल, नागरिक समाज, बुद्धिजिवी, महिला, भद्रभलाद्मी मिलेर नुनखानीलाई प्रवद्र्धन गरौँ । एउटा स्वेत पत्र जारी गरौँ । त्यहाँकोले सक्दैन भने मोफसलका जनताहरुलाई पनि गुहार्नु प¥यो । अरुलाई गुहार्दा आफू सानो भइन्न । अरबका देशहरुले तेल बेचेर सम्बृद्ध हुन्छ भने हामीपनि प्रकृतिले दिएको अलौकिक नुन बेचेर सम्बृद्ध किन नहुने रु केहि दिनअघि सुन्नमा आएको थियो कि हुम्ला, जुम्ला, बझाङ, दार्चुला साइपालमा एक प्याकेट नुनको २५० पर्नाले त्यहाँको जनताले किन्न नसकेर अनिलो खानुपरेको हृदयविदारक खबरहरु पनि सुन्न परेको छ, आजको २१आँै शताब्दिमा पनि । बरु हामीले यहीनुन कोेसेलीको रुपमा त्यहाँको जनतालाई पठाइदिन सक्छौँ कि त्यतिञ्जेलसम्म मुस्ताङ (फल्याक, सान्ता, डोल्पा) बाटो सम्पन्न भएर त्यो जिल्लासम्म मोटरबाटो जोडिने छ ।
हाम्रो गुम्बा, गुफा, तालतलैया र वनजङ्गल साथै जैविक विविधतालाई देखाएर पर्यटक आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कुछप तेरङ्गा (ढुम्बा) माम्दीगुफा (मार्फा) लाई देखाएर धार्मिक पर्यटकलाई बढावा दिन सकिन्छ । केहि दिन अघि मात्र मा. ईन्द्र धारा विष्टको पहलमा (ज्ष्नज ब्तिष्तगमभ न्याि त्यगचलबmभलत) पनि लोमान्थाङमा सम्पन्न भएको छ । गरेपछि त हुने रहेछ नि ।
ख्ष्भध त्यधभच, न्बतभ,आफ्नो बारीमाजाने पुल र बाटो मात्र बिकास होइन । यो पनि चाहिन्छ । मेरो विचारमा हाललाई यि चिजहरु पुग्यो जस्तो लाग्छ । कनिका छरेजस्तै बजेट छर्नु भन्दा सबैलाई काम लाग्ने, सबैको भलो हुने काममा सबैको सहमति सहकार्य होस् । विकास र निर्माणका काममा तेरो र मेरो नभनी सबैले होस्टेमा हैँसे गरौँ । जिल्लाको जहा ँविकास भएपनि हाम्रै विकास हो । हाम्रै सन्ततीको विकास हो । यसमा कसैको हारजित छैन । सबैको जित नै छ । सबैलाई श्री मुक्तिनाथ भगवानले कल्याण गरुन् ।
लेखक शक्तिलाल ज्वारचन-समाजसेवी, सफल व्यवसायी हुन् । (यो लेखकको नीजिविचार हुन् साथै लेखक मिलिजुली युवा क्लव मार्फाका संस्थापक सचिव हुनुहुन्छ ।) थाक भलिवल तथा साँस्कृतिक संघको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा स्मारिकामा प्रकाशित – लेख ।