देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो ।
आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आइतबार पनि राति प्रदेश नं. १, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हिमपात हुने सम्भावना छ ।