माप्य दुशकोशीमा पर्यटन विकासको अभियान शुरु

  शिखरसन्देश रिपोर्टर

विश्वको सर्वोच्च शिखर सगरमाथाको काँखमा रहेको मुख्य प्रवेशद्वार माप्य दुधकोशी गाउँपालिका सोलुखुम्वुमा पर्यटन विकासमा नयाँ कामको सुरुवात गरेको छ ।

गाउँपालिकाभित्रका सम्भावनायुक्त प्राकृतिक, धार्मिक एवं साँस्कृतिक पक्षलाई जोड्दै पर्यटन प्रवद्र्धन र विकासको निमित्त निक्कै सुझबुझका साथ १६ सय भन्दा बढि पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)सँग समन्वय गरी पदमार्गहरुको पहिचान एवं प्रवद्र्धनात्मक कार्य प्रारम्भ गरेको छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, ट्रेकिङ एजेन्ट एशोसियसन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, पर्यटन विज्ञ युवराज लामा, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई माप्य दुधकोशीस्थित पर्यटन व्यवसायी लगायत प्राविधिकका टोलीसहित आजबाट अभियान शुरु गरेको छ ।

माप्य दुधकोशी गाउपालिका अध्यक्ष राईले पर्यटन क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन गरि तिनै तहका सरकारसँगको समन्वयमा थप कार्यहरु अगाडि बढ्ने योजना रहेको बताएका छन् ।

अभियानले माप्य दुधकोशी गाउँपालिकाको सात वटै वडाको पर्यटन सम्भाव्यताको अध्ययन गर्दै प्रतिवेदन तयार पार्ने पालिकाको योजना रहेको पालिका उपाध्यक्ष गौरव राईले बताएका छन् ।

गाउँपालिका भित्रका ओझेलमा परेको पर्यटकीय क्षेत्रहरुलाई यो अभियानले आगामी दिनमा पर्यटकिय क्षेत्रहरुको संरक्षण र प्र्रबद्र्धनमा अहम् भूमिका निर्वाह गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधी, बुद्धिजीवि, पर्यटन ब्यबसायी, कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार